images
images

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


  • 260
    SHARES
  • २०८२ श्रावण २२ गते बिहीबार

    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
    मध्यनेपाल (लमजुङ) । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 
     
    पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् । 
     
    इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए ।


    images

    Logo