काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले सो रकम बराबरको नाफा कमाएको हो । गत वर्ष यस्तो नाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंक बैंकको खराब कर्जा ४।१० प्रतिशतबाट बढेर ४।९४ प्रतिशत पुगेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ।जसका कारण बैंकको नाफामा पनि कमि आएको पाइन्छ ।
सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको छ। चौथो त्रैमाससम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै सो अवधिमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। सो अवधिमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


