काठमाडौं । एनएमबि बैंकले ३ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले सो रकम बराबरको नाफा कमाएको हो । गत वर्ष यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । यो गतवर्षको तुलनामा ४६.२२ प्रतिशत बढि हो ।
सो अवधिमाखुद ब्याज आम्दानी ८ अर्ब रहेको छ भने कुल सञ्चालन आम्दानी १० अर्ब रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिदर खुद ब्याज आम्दानीको भन्दा बढी देखिएको हो।
सो अवधिमा बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंककाे निक्षेप संकलन २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ रहेकाे छ भने कर्जा लगानी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ रहेकाे छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ।
सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १५।१० गुणा रहेको छ


