images
images

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत


  • 245
    SHARES
  • २०८२ श्रावण ३० गते शुक्रबार

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    म्याग्दी । सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक  तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । 

    मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 

    उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए ।


    images

    Logo