काठमाडौं । दसैँ बिदा हिजैदेखि सुरु भएको छ । दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केही बैंकको भने यस्तो तालिका प्रकाशन गरेका छैनन् ।
शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्रै हुनेछ । केही बैंकले भने जम्मा गर्ने र निकाल्ने सीमा समेत तोकेका छन् ।

















