काठमाडौं । नबिल बैंकको खुद नाफा १४ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरण अनुसार १४.५७ प्रतिशतले घटेको छ ।
वित्तीय विवरण अनुसार बैंकले पहिलो ३ महिनासम्ममा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष बैंकको यस्तो नाफा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज६४ करोड ७२ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।
पहिलो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानि २५ रुपैयाँ ९७ पैसा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ २ सय ४० रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, सो अवधिमा बैंकको बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।


