images
images

पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्सको एक करोड र एफवान समूहको ७५ लाख सहयोग


  • 195
    SHARES
  • २०८२ मंसिर ८ गते सोमबार

    पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्सको एक करोड  र एफवान समूहको ७५ लाख सहयोग

    काठमाडौं ।  नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेडले रु एक करोड एक लाख सहयोग गरेको छ । 

    आइतबार यहाँ अर्थ मन्त्रालयमा उक्त रकम बराबरको भौचर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएको मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।                                                                                             

    यसअघि मङ्सिर ३ गते एफवान सफ्ट ग्रुपअन्तर्गत एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड तथा फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त योगदानस्वरूप रु ७५ लाख कोषमा जम्मा गरिएको थियो ।  

    दुवै संस्थाको योगदानप्रति सरकारका तर्फबाट अर्थमन्त्री खनालले विशेष आभार व्यक्त गरेका छन् । कोषमा आजसम्म रु नौ करोड ३० लाख जम्मा भएको जनाइएको छ ।  


    images

    Logo