images
images

बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक


  • 225
    SHARES
  • २०८२ पौष १३ गते आइतबार

    बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    काठमाडौं । राष्ट्र बैंकले बजारबाट २० अर्ब निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १२ दिनका लागि बजारबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो।

    निक्षेप संकलनको बोलकबोल आइतबार हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसको साँवा र ब्याज भुक्तानी पुस २५ गते हुने बताइएको छ । 

    सो रकमको ब्याजदर पनि बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

    निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

    बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसअघि राष्ट्र बैंकले पुस ९ गते १६ दिनका लागि २५ अर्ब रुपैयाँ तरलता बजारबाट खिचेको थियो । 




    images

    Logo