images
images

त्रिभुवन विमानस्थलमा ११ महिनामै ७८ लाख यात्रु


  • 468
    SHARES
  • २०८२ पौष १४ गते सोमबार

    त्रिभुवन विमानस्थलमा ११ महिनामै ७८ लाख यात्रु

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पछिल्लो ११ महिनामा ७८ लाख यात्रुले सेवा लिएका छन् । सन् २०२५ को जनावरीदेखि नोभेम्बरसम्ममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७८ लाख यात्रुले सेवा लिएका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, काठमाडौंबाट विभिन्न देशमा जाने र आउने अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुको संख्या ४० लाख ९८ हजार छ । त्यसैगरी सोहि विमानस्थलको आन्तरिक तर्फबाट ३७ लाख १८ हजार यात्रुले सेवा लिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 


    तथ्यांक अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने यात्रुको संख्या २० लाख ९४ हजार रहेका छन भने नेपाल भित्रने यात्रुको सख्या भने २० लाख ३ हजार रहेका छन् । त्रिभुवनविमानस्थलमा विभिन्न ३० वटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । 

    सो अवधिमा विभिन्न ३० वटा वायुसेवा कम्पनीले २८ हजार २ सय ५१ उडान गरेका छन । नेपालमा हिमालयन, नेपाल एयरलाइन्स र बुध्दले मात्रै अन्तर्राष्ट्रिय उडान गरेका छन् भने बाँकी २७ वटा विदेशी एयरलाइन्सले सेवा दिदै आएका छन् । 




    images

    Logo