images
images

५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै एनआईसी एशिया बैंक


  • 216
    SHARES
  • २०८२ पौष २० गते आइतबार

    ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै एनआईसी एशिया बैंक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो । 

    सो हकप्रद शेयर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ । यस कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा समेत गर्न बाँकी छ ।


    images

    Logo