images
images

सुनको मूल्य तोलामा २८०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 197
    SHARES
  • २०८२ पौष २७ गते आइतबार

    सुनको मूल्य तोलामा २८०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । 

    शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 




    images

    Logo