काठमाडौं । सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट भएको छ। जिल्लाको घ्याङलेख गाउँपालिका (५ मा रहेको एसबिआई बैंककोशाखामा मंगलबार बेलुका लुटपाट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार, मंगलबार बेलुकी साढे ७ बजेतिर सो घट्ना भएको जानकारी आएको छ। मुखुण्डो लगाएर आएका ५र६ जनाको समूहले सुरक्षा गार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट गरेको एसपी सुवेदीले बताए।
घटना भएको एक घण्टापछि राति साढे ८ बजेतिर खबर पाएपछि प्रहरी घटनास्थलतर्फ गएको बताइएको छ। घट्नाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।