काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस राति सवा १ बजे धादिङमा दुर्घटनामा परेको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी बिजय सुवेदीका अनुसार काठमाडौं आउँदै गरेको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो । बसमा करि ४० यात्रु रहेको जनाइएको छ ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ । घट्नाको बिस्तृत विवरण आउन बाँकी छ ।


