काठमाडौँ । काठमाडौँ जिल्लाका सबै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता कायम गरेका छन् । काठमाडौँ ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सस्मित पोखरेल निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर मतले अगाडि छन्।
बिहीबार बिहान सवा ५ बजेसम्म भएको मतगणनामा रास्वपाका पोखरेलले ३ हजार ७ सय मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत पाएका छन्। नेकपा ९एमाले०का ईश्वर पोखरेलले ६९९ मत पाएका छन्।
क्षेत्र नं १ मा रन्जु दर्शना पनि कांग्रेसका प्रवल थापा भन्दा दोब्बर मतले अघि छिन । काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले दोब्बर बढी मतान्तरले अग्रता लिएकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ६०८२ मत पाउँदा कांग्रेसका प्रबल थापाले २९३२ मत मात्रै पाएका छन् ।
काठमाडौं ३ पनि रास्वपाले अग्रता लिएको छ । रास्वपाका राजु पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई २५४ मतले पछि पारेका हुन् । बिहान ५ बजेसम्मको मतगणना अनुसार कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् ।
काठमाडौं १० मा प्रदीप विष्टले शुरुवाती अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवार विनोद श्रेष्ठले पछ्याइरहेका छन् । काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले शुरूवातमै फराकिलो अग्रता बनाएका छन् । उनलाई कांग्रेसका सपना राजभण्डारीले पछ्याइरहेकी छन् ।
काठमाडौं–४ मा रास्वपाका पुकार बमले अग्रता बनाएका छन् । उनलाई एमालेका डा। राजन भट्टराईले र कांग्रेसका सचिन तिमल्सेनाले पछ्याइरहेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा पनि रास्वपाका उम्मेदवार गणेश पराजुलीले अग्रता प्राप्त कायम गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । त्यहाँ रास्वपाका उम्मेदवार सुनिल केसीले अग्रता लिएका हुन् ।


