images
images

जेठ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, औसत दरमा सामान्य गिरावट


  • 129
    SHARES
  • २०८३ बैशाख ३१ गते बिहीबार

    जेठ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, औसत दरमा सामान्य गिरावट

    काठमाडौं ।  वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको सूचना अनुसार वैशाखको तुलनामा जेठ महिनामा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले जेठ महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन्। एउटा बैंकले भने बढाएको छ । वैशाख महिनामा ४.४ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर जेठमा ४.३४ प्रतिशत कायम भएको छ।


    संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि ३.२२९५ प्रतिशतबाट झरेर ३.२०४ प्रतिशत पुगेको छ। एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२५ प्रतिशत कटौती गरेका छन्। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले ब्याजदर घटाएका छन्।

    सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत पुऱ्याएको छ। सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत मुद्दति निक्षेपको अधिकतम दरमा ०.५ प्रतिशत को वृद्धि गरेको छ। १२ बैंकहरूले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्।


    images

    Logo