बागमती । बागमती प्रदेशसभामा आज बागमती प्रदेशमा आज नीति कार्यक्रम प्रस्तुत हुँदैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ ÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
प्रदेशसभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३ ÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव २०८३ ÷८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तावमाथि आजैदेखि छलफल हुने जनाइएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारको आगामी आव २०८३ ÷८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि आज बिहान बस्ने प्रदेशसभाको बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।


