images
images

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड


  • 139
    SHARES
  • २०८३ जेठ २७ गते बुधबार

    कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

    काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो ।

    जसअनुसार २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए ।

    कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। आईपीओको नतिजा सीडीएससीको वेबसाइट iporesult.cdsc.com.np मा गई हेर्न सकिने व्यवस्था छ।


    images

    Logo