images
images

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान


  • 151
    SHARES
  • २०८३ आषाढ ३ गते बुधबार

    राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५ अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ । 

    विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ः०० बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ । 

    राष्ट्र बैंकले घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ । निक्षेप सङ्कलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’  र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागी हुन सक्छन् ।


    images

    Logo