images
images

 विद्युत प्राधिकरणका कर्मचारीलाई २० देखि ५० प्रतिशतसम्म भत्ता


  • 382
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

     विद्युत प्राधिकरणका कर्मचारीलाई २० देखि ५० प्रतिशतसम्म भत्ता

    काठमाडौं । निषेधाज्ञा अवधिमा काममा खटिने नेपाल विद्युत प्राधिकरणका कर्मचारीले २० देखि ५० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने भएका छन् । 

    प्राधिकरणले गरेको निर्णयअनुसार निषेधाज्ञाको समयमा कार्यालयमा उपस्थित नभएका दैनिक ज्यालादारी कर्मचारीलाई पनि सरकारले तोकेको १३ हजार ४५० रुपैयाँ बराबरको पारिश्रमिक दिइने छ ।

    गोटागन्तीमा मिटर रिडिङ गर्न राखिएका कामदारको हकमा २०७७ माघ, फागुन र चैत महिनामा लिएको पारिश्रमिकको औसत बराबर पारिश्रमिक पाउनेछन ।

    निषेधाज्ञा अवधिका लागि नोलाईट, मिटर सिकायत र मर्मत सम्भार कार्यमा खटिने कर्मचारीका लागि काममा खटिएको अवधिको गणनाका आधारमा शुरु तलबको ५० प्रतिशत भत्ता पाउनेछन ।

    यस्तो काममा खटिने दैनिक ज्यालादारी तथा करार सेवाका कामदारलाई खाइपाई आएको पारिश्रमिकका अतिरिक्त ६ हजार ८ सय ७५ रुपैयाँ थप भत्ता दिन भनिएको छ ।


    मिटर रिडिङ गर्न र महशुल संकलन गर्न काउन्टरमा खटिएका कर्मचारीले खाइपाई आएको तलबभत्ताका अतिरिक्त शुरु तलबको ३० प्रतिशत भत्ता पाउनेछन । 

    यो अवधिमा फिल्डमा खटिने प्रशारण तथा वितरणलाइन आयोजनाका कर्मचारी, प्रणाली संचालन विभाग, ग्रिड सबस्टेशन, वितरण सबस्टेशन एवं विद्युत उत्पादन केन्द्रका मर्मत सम्भारमा खटिने कर्मचारीले खाइपाइ आएको तलबको २० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन ।

    जेठ महिना पछि विद्युत प्राधिकरणको प्रधान कार्यालय र सम्पूर्ण निर्देशनालयमा इपिआर भत्ता रोक्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।

     


    images

    Logo