images
images

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ


  • 87
    SHARES
  • २०८३ श्रावण १५ गते शुक्रबार

    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

    काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ । निजलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको हो । 

    ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराका अनुसार, भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्युरोले जिल्ला अदालतमा उपस्थित गराएको छ । स्मार्ट टेलकिम र एनसेल प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताइएको छ । 

    २०८० फागुन ६ गते प्राधिकरणको अध्यक्ष नियुक्त भएका भण्डारीकै कार्यकालमा सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ती गैरकानुनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो । यही मुद्दाको अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतोलाई सीआईबीले बिहीबार नै सोधपुछका लागि बोलाएको थियो । 

    सीआईबीले नै सोही प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीलाई पक्राउ गरेको थियो । उनले सरकारी  नियन्त्रणमा पुगिसकेको सम्पत्ती बदनयितपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरीनामा दिएको आरोप थियो । त्यसपछि लिलामी प्रक्रियामा सहभागी पलनी श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि पक्राउ परेका थिए ।

     




    images

    Logo