images
images

१६ वर्षपछि परीक्षण उत्पादनमा राहुघाट जलविद्युत् आयोजना


  • 173
    SHARES
  • २०८३ आश्विन ८ गते बिहीबार

    १६ वर्षपछि परीक्षण उत्पादनमा राहुघाट जलविद्युत् आयोजना

    म्याग्दी । निर्माण सुरु भएको झण्डै १६ वर्षपछि म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको चरणमा पुगेको छ ।

    सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, आयोजना पुनःसंरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो तथा निर्माण सामग्रीको अभावलगायतका कारण लामो समयदेखि अल्झिएको थियो । पछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम गरिएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाका २०–२० मेगावाट क्षमताका दुवै युनिटको परीक्षण गरिएको छ । आयोजना प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार दुवै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार १५ दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ । आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    राहुघाट आयोजना उत्पादनको चरणमा प्रवेश गरेसँगै म्याग्दीको जलविद्युत् विकासमा महत्वपूर्ण पूर्वाधार थपिएको छ ।


    images
    images

    Logo