images
images

सार्वजनिक लेखा समितिको निर्देशनलाई लत्याउँदै सेनाले गर्यो सुरुङमार्ग निर्माणको सम्झौता


  • 865
    SHARES
  • २०७८ जेठ १ गते शनिबार

    सार्वजनिक लेखा समितिको निर्देशनलाई लत्याउँदै सेनाले गर्यो सुरुङमार्ग निर्माणको सम्झौता

    काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत पर्ने दुई वटा सुरुङमार्गको ठेक्का निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । हिजो शुक्रबार चिनियाँ कम्पनी र नेपाली सेनाबीच करिब २८ अर्ब ५३ रुपैयाँमा ठेक्का सम्झौता भएको हो । 

    संसदको सार्वजनिक लेखा समितिले यसअघि दिएको निर्देशनलाई अटेर गर्दै सेनाले चिनियाँ पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई सुरुङ निर्माणको ठेक्का दिएको हो । समितिले एउटा कम्पनीमात्रै प्री–क्वालिफिकेसनमा छनोट परेकोले प्रतिस्पर्धा नहुने भन्दै पुनः टेण्डर आव्हान गर्न नेपाली सेनालाई निर्देशन दिएको थियो ।

    लेखा समितिले चैत १९ गते योे प्रक्रिया रोक्न निर्देशन दिएको थियो । ठेक्का रोक्ने सम्बन्धमा समितिले रक्षा मन्त्रालयलाई समेत पत्राचार गरेको थियो । सेनाले निकालेको टेण्डरमा विभिन्न २२ कम्पनीले आवेदन दिएका थिए । 

    सेनाको व्यवस्थापन निर्माण भइरहेको द्रुतमार्गको ठेक्का रोक्न रोक्न दुई प्याकेजको टेण्डर आह्वानका लागि प्री–क्वालिफिकेसन नतिजा निकालिएको थियो  । दोस्रो प्याकेजमा प्रतिस्पर्धा नहुने नदेखिएपछि उक्त ठेक्कालाई रद्द गरी पुनः प्रक्रिया सुरु गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको हो । 

    यद्यपि समितिको निर्देशनलार्य लत्याउँदै नेपाली सेनाले मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माण गर्नका लागि चिनीयाँ कम्पनीलाई ठेक्का दिइएको हो । 

    आशयपत्र पत्र निकालेको १५ दिनपछि सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रिया पुरा गरी सम्झौता गरेको दावी गरेको छ । कुनै पनि कम्पनीसग सम्झौता भएको २८ दिनभित्र कार्यदिशा दिनुपर्ने हुन्छ । उक्त कम्पनीलाई कार्यदिशा दिन सेनाले आवश्यक गृहकार्य अघि बढाइसकेको छ । 

    द्रूतमार्ग निर्माण गर्दा सुरुङमार्गसहित पुलको ठेक्का दुई प्याकेजमा अघि बढाइएको छ । पहिलो प्याकेजमा महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित मोटरेवल पुल र सडकको सेक्सन छ । यो प्याकेजमा चिनियाँ कम्पनीहरु चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले प्री–क्वालिफिकेसनमा छनोट भएका थिए । । जसमा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड छनोट भएको छ  । उक्त सेक्सन निर्माणका लागि करिब २१ अर्ब ६१ करोड रुपैया कबोल गरेकाले छनोट भएको हो । शुक्रबार पहिलो ठेक्काको पनि सम्झौता भएको छ ।

    इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का समझौता गरिएको हो ।  यो  प्रक्रियामा डिजाइन, खरिददेखि निर्माणसम्मको काम ठेकेदार कम्पनी आफैंले गर्नुपर्छ ।  ३ वर्ष ६ महिनामा सक्ने गरी ठेक्का लगाएको छ । ६ महिना डिजाइन र ३ वर्ष कन्स्ट्रक्सन पिरीयड राखिएको छ । 
     

     


    images

    Logo