images
images

कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थप


  • 224
    SHARES
  • २०८३ आश्विन २३ गते शुक्रबार

    कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थप

    काठमाडाैं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।

    केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ ।

    यसअघि दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाई हुँदा साँझ ५ बजेसम्मको समय थपिएको हो ।

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन् ।


    images
    images

    Logo