काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल)का सबै खेललाई 'लिस्ट ए टी-२०'को मान्यता दिएको छ। आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता दिने निर्णय गरेको हो।
यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो। एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको नेपाल क्रिकेट संघले जनाएको छ।
संघले मंगलबार मात्र एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि लागू हुँने जनाएको थियोे । एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुर क्रिकेट रंगशालामा आयोजना हुँदैछ।