images
images

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै


  • 189
    SHARES
  • २०८३ कार्तिक २९ गते आइतबार

    छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    काठमाडौं । तराई–मधेशसहित देशभर आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । पर्वको पहिलो दिन नुहाएर चोखो भई एक छाक खाने परम्परा छ ।

    दोस्रो दिन शनिबार सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गर्ने विधि पूरा गरिएको थियो । मुख्य दिन आज व्रतालुहरू निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

    यस अवसरमा नदी, पोखरी तथा जलाशय किनारमा पूजा सामग्रीसहित भेला भएर सूर्यदेवको आराधना गरिन्छ । षष्ठीको रातभर जाग्राम बसेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिनेछ ।

    केही वर्षअघिसम्म तराईका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्व पछिल्लो समय देशभर फैलिएको छ । अहिले तराई–मधेशसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पनि छठको रौनक देखिएको छ । पर्वका अवसरमा नदी, पोखरी तथा जलाशयका घाटहरू सजाएर झकिझकाउ पारिएको छ ।

    सरकारले विसं २०४६ देखि छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि सरकारले छठको मुख्य दिन आज र भोलि दुवै दिन सार्वजनिक बिदा दिएको छ ।


    images
    images

    Logo