काठमाडौं । अर्थ मन्त्रालयले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड ८५ रुपैयाँभन्दा बढी रकम निकासा गर्ने निर्णय गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
कोभिड–१९ महामारीको रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुसार अर्थ मन्त्रालयले सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट,ट्यांककालगायतका सामान खरिद गर्न २ अर्ब ९५ करोड रुपैयाँ दिने सहमति गरेको छ ।


