काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य २÷२ रुपैयाँ बढाएको हो ।
योसँगै पेट्रोलको मूल्य काठमाडौंमा १२३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ ।
त्यस्तै हवाई इन्धनको मूल्यमा समेत २ रुपैयाँ बढाएर प्रतिलिटर ७८ रुपैयाँ पुर्याइएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।