images
images

घरमै बसेर खाद्य सामाग्री अर्डर गर्न मिल्ने, कसरी र के बाट ?


  • 701
    SHARES
  • २०७८ जेठ ३ गते सोमबार

    घरमै बसेर खाद्य सामाग्री अर्डर गर्न मिल्ने, कसरी र के बाट ?

    काठमाडौं । बढ्दो कोरोनाको जोखिमलाई ध्यानमा राखेर ई–कमर्श पोर्टल सस्तोडिल डटकम र मुकन्डो डटकमले खाद्यवस्तु  निःशुल्क होम डेलिभरी गर्ने भएको छ ।

    निषेधाज्ञाबाट उपभोक्तालाई असुविधा पर्न गएको भन्दै खाद्य कम्पनीले अनलाइन डेलिभरी कम्पनीसँग सम्झौता गरी सो सुविधा उपलब्ध गराउने भएको हो ।

    यस सेवालाई क्रमिक रुपमा बिस्तार गरी आपूर्ति व्यवस्था, सहज, सुलभ एवं योग्य तुुल्याउनका लागि कम्पनीले यस्ता सेवा प्रदायक अन्य कम्पनीहरुको सहकार्यलाई पनि बिस्तार गर्दै लगेको जनाएको छ ।

    साथै उपत्यकावासी उपभोक्ताले ई–कमर्श पोर्टलमार्फत अर्डर गरी कम्पनीबाट बिक्री भइरहेको खाद्यलगायत अत्यावश्यक वस्तुहरू घरमा प्राप्त गर्न सक्नेछन् ।

    जसमा कम्पनीबाट नेपालफुड डट जीओभी डट एनपीबाट उपत्यकाको चक्रपथभित्र र सस्तोडिल र मुकुन्डोबाट उपत्यकाभर निशुल्क डेलिभरी हुने कम्पनीले जनाएको छ ।


    images

    Logo