काठमाडौं । नेप्से परिसूचक सोमबार पनि उकालो लाग्ने क्रममा देखिएको छ ।
सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ बिन्दुमा आइपुगेको छ ।
आजको दिनमा १ करोड ९० लाखको कित्ता सेयर ९ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।
यो दिन ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो दिनमा उपसमूहतर्फ होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ बाहेक सबैमा हरियाली देखिएको छ ।
आजको कारोबारमा रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी समता घरेलु, राधी विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्टत बैंक, प्रोग्रेसिभ फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रो, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट, खानीखोल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यसका साथै विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्यमा गिरावट देखिएको छ ।


