images
images

नागढुङ्गा-नौबिसे सुरुङमार्गमा साढे ३ सय मिटर सुरुङ खनियो, २५ जनाको टोलीले निरन्तर काममा


  • 720
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    नागढुङ्गा-नौबिसे सुरुङमार्गमा साढे ३ सय मिटर सुरुङ खनियो, २५ जनाको टोलीले निरन्तर काममा

    काठमाडौं ।  कोभिड–१९  महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग  निर्माण  नियमित  रूपमा  अगाडि  बढिरहेको  छ  । सरकारले  लागू  गरेको  स्वास्थ्य  मापदण्ड  र  निषेधाज्ञा  पालना  गर्दै  आयोजनास्थलमै आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ । 

    विभागका  महानिर्देशक  अर्जुनजङ्ग  थापाले  कोभिड–१९  महामारीका  कारण  धेरैजसो  विकास  आयोजनाको  काम  ठप्प  रहेको  अहिलेको  अवस्थामा  थानकोट–नागढुङ्गा–सिस्नेखोला  सुरुङमार्ग  निर्माण  नियमित  अगाडि  बढिरहेको  जानकारी  दिए । सुरुङ खन्ने कामलाई निरन्तरता दिइए पनि महामारीकै कारण फ्लाई ओभर, पहुँचमार्ग  निर्माणलगायतको  काम  तत्काल  बन्द गरिएको जानकारी उनले दिए । आयोजनाका  अनुसार  निर्माणस्थलमै  एम्बुलेन्स, अक्सिजन सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण  गरिएको  छ  ।

    आयोजनामा  कार्यरत  कसैलाई  सङ्क्रमण  भए  वा  लक्षण  देखिए  तत्काल छुट्टै राखिने व्यवस्था गरिएको छ । सुरुङ  खन्ने  कामलाई  निरन्तरता  दिन  अहिलेसम्म निर्माण सामग्री अभाव नभएको बताउँदै  उहाँले  निषेधाज्ञाका  कारण  रातको  समयमा  आवश्यक  निर्माण  सामग्री  ढुवानी  गर्ने गरिएको जानकारी दिए । महामारीको सङ्क्रमण फैलिन सक्ने भएकाले आयोजनामा कार्यरत हरेक जनशक्तिलाई हरेक दिन आउने बेलामा  ज्वरो  र  अक्सिजनको  स्तर  नाप्ने  गरिएको  छ  ।  

    यसअघि  मुख्य  जनशक्तिका  लागि  आयोजना  स्थलमै  बस्ने  व्यवस्था  मिलाइएको जानकारी उनले दिए ।  आयोजनाका अनुसार  वैशाख  अन्तिमसम्म मुख्य सुरुङमार्गको ११४ मिटर (४.२ प्रतिशत) र सहायक सुरुङमार्गको २२९.५ मिटर (९.० प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको छ । गोरखापत्रबाट


    images

    Logo