काठमाडौं । अब नेपालमा कतारी रियाल नचल्ने भएको छ । हाल चलनचल्तीमा रहेको चौथो संकरणका कतारी रियाल नेपालमा नचल्ने सूचना नेपाल राष्ट्र बैंकले जारी गरेको हो । राष्ट्र बैंकले वैशाख २७ गतेदेखि उक्त मुद्रा नचल्ने जानकारी गराएको हो ।
मंगलबार राष्ट्र बैंकले एक परिपत्र जारी गरी सबै नागरिकलाई आफूसँग भएको कतारी रियाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरमा अबको २० दिन भित्र सटही गरिसक्न निर्देश गरेको छ ।
कतारी सरकारले पाँचौं संस्करणका कतारी रियाल निष्कासन गर्ने तयारी गरी नेपालमा चौथो संस्करणका रियाल जम्मा गरी जुलाई १ सम्म कतार पठाउने भनिएको छ । हाल चलनचल्तीमा रहेका रियाल चौथो संस्करणको भएको र कतार सरकारले नयाँ रियाल निष्कासन गर्न लागेकोले राष्ट्र बैंकले सर्वसाधारणलाई जानकारी लागि यो सूचना जारी गरेको हो ।


