images
images

एमसीसी प्रभावितलाई १४ अर्ब : मुआब्जामा ८ अर्ब


  • 568
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    एमसीसी प्रभावितलाई १४ अर्ब : मुआब्जामा ८ अर्ब

    काठमाडौं । सरकारले अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारण लाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ । 

    सत्तारुढ दलहरुको आन्तरिक खिचातानीबाट संसदबाट एमसीसी पारित नभएर त्यसको निर्माण कार्य सुरु हुन नसके पनि पूर्वतयारीको रुपमा लिइएको ईआईए प्रतिवेदन स्वीकृत गरेको हो । 

    अर्थ मन्त्रालयको मातहतमा रहेको मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए नेपाल) द्वारा एमसीसीबाट हुने अनुदान र नेपाल सरकारबाट हुने लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको ईआईए प्रक्रिया २ वर्षअघि जुन २०१८ मा सुरु गरेको थियो भने मार्च २०२० मा विद्युत् विकास विभागमा निवेदन दिएको थियो । 

    स्वीकृत ईआईए प्रतिवेदन अनुसार परियोजनाले भौतिक, वातावरणीय, आर्थिक र सांस्कृतिक रुपमा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा १३ अर्ब ७३ करोड खर्च गर्नेछ । सोमध्ये जग्गा प्राप्ति र जीविकोपार्जन लागि ८ अर्ब र बाँकी परियोजनाले वातावरणमा पारेको प्रभाव न्यूनीकरणका लागि छुट्याइएको छ । 
    कारोबार दैनिकबाट 


    images

    Logo