images
images

सहकारीको नयाँ सन्दर्भ ब्याजदर तोकियो, १६ प्रतिशतसम्म लिन पाइने


  • 1.5K
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    सहकारीको नयाँ सन्दर्भ ब्याजदर तोकियो, १६ प्रतिशतसम्म लिन पाइने

    काठमाडौं । सहकारीहरुले नयाँ सन्दर्भ ब्याजदर तोकेका छन् ।  सहकारी विभागले शुक्रबार सुचना जारी गदै नयाँ सन्दर्भ ब्याजदर निर्धारण गरेको हो । 

    सहकारी विभागका अनुसार सहकारीहरुले सन्दर्भ व्याजदर १६ प्रतिशत पुर्याएका छन् । सहकारीहरुल आगामी फगुन १५ गतेबाट लागू हुने गरी उक्त व्याजदर निर्धारण गरेका छन् । 

    सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले हालको १४.७५ प्रतिशत सन्दर्भ व्याजदरलाई बढाएर १६ प्रतिशतसम्म पुर्याएको हो । सहकारीहरुको ब्याजदरमा एकरुपता कायम गर्न ऋण लगानी गर्दा अधिकतम १६ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने निर्णय गरेको हो ।

    ऋण र बचतको व्याजदरको अन्तर ६ प्रतिशत कायम हुनेगरि र बचत तथा ऋणको कारोबार गर्ने सबै संघ संस्थाहरुले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तीगत तर्फ १ प्रतिशत सामुहिक जमानी तर्फ १.५ प्रतिशत भन्दा बढी शुल्क लिन नपाउने गरि सन्दर्भ व्याजदर लागु गर्न सहकारी विभागले सुचित गराएको छ । 

    यसरी तोकिएको सन्दर्भ व्याजदर सहकारी संघ सस्थाका लागि निर्देशक व्याजदरको रुपमा रहने छ ।  सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रिय विषयगत संघहरुबाट पालनाको अनुगमन गर्दा सहकारी कानुन बमोजिम हुने विभागले जनाएको छ । 

     


    images

    Logo