काठमाडौं । छ्याङ्दी हाइड्रोपावरक ५९ हजार ८ सय कित्ता भन्दा बढी शेयरको लिलामी खुल्ने भएको छ । उक्त कम्पनीले चैत १ गतेदेखि शेयरको लिलामी खोल्ने भएको हो ।
हाइड्रोपावरले यसअघि १०ः३० बराबर हुनेगरी हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त निष्कासनमा आवेदन नपरेका शेयरका लागि कम्पनीले लिलामीमार्फत् बिक्री गर्न लागेको हो । कम्पनीको ५९ हजार ८ सय २७ कित्ता शेयर लिलामीमा इच्छुक व्यक्तिले गोप्य सिलबन्दि बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् ।
सो शेयर खरिदका लागि ग्लोबल आईएमई क्यापिटल वा ग्लोबल आईएमई बैंकका तोकिएका शाखामा गई आफूले लिन चाहेको शेयर र कबोल गर्न चाहेको मूल्यले हुन आउने सबै रकम क्यापिटलको खातामा जम्मा गरी सक्कल भौचरसमेत सिलबन्दी गरेर फारामको साथमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र पेश गर्न चैत ९ गतेलाई अन्तिम मिति तोकिएको छ ।


