images
images

एकैदिन ८ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति पुग्यो ?


  • 1.0K
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    एकैदिन ८ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति पुग्यो ?

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २७ गते उक्त अनुपातमा बैंकहरुको निक्षेप बढेको हो । 

    राष्ट्र बैंकका अनुसार फागुन २६ गते ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको निक्षेप फागुन २७ मा ८ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ९१ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको पनि निक्षेप बढेको छ । बाणिज्य बैंकहरुको निक्षेप एकैदिन ८ अर्ब रुपैयाँले बढेको हो । वाणिज्य बैंकको निक्षेप फागुन २६ मा ४३ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो भने २७ गते हुँदा ८ अर्ब रुपैयाँले बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँमा पुगेको छ । 

    अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको भने फागुन २७ मा निक्षेप स्थिर रहेको छ । २७ गते बैंक तथा वित्तीय क्षेत्रहरुको निक्षेप ५ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । फागुन २७ मा बैंकहरुको निक्षेप ८ अर्बले बढेपनि कर्जा लगानी भने स्थिर रहेको छ । फागुन २७ मा बैंकहरुको निक्षेप ४६ खर्ब ९३ अर्ब रुपैयाँमा सिमित रहेको छ । 

    फागुन २७ गते बैंकहरुको औसत सीडी रेसियो केही घटेको छ । २६ गते ९०.५४ प्रतिशत रहेको औसत सीडी रेसियो २७ मा घटेर ९०.४७ प्रतिशमा झरेको छ । अन्तरबैंक ब्याजदर  ७ प्रतिशत रहेकाे छ।

     


    images

    Logo