काठमाडौं । आजबाट छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर चैत १ गतेबाट लिलामीमा राखिएको छ । कम्पनीले माघ ११ गते देखि फागुन २ गतेसम्म हकपद शेयर बिक्री गरेको छ । उक्त शेयर बिक्री हुन नसकेको ५९ हजार ८ सय २७ कित्ता शेयर लिलामीमा राखेको थियाे ।
लिलामीमा राखिएको शेयर इच्छुक व्यक्तिले कम्पनीको शेयर बोलपत्र पसे गर्न सक्नेछन् । लिलामीमा राखिएको शेयर न्युनतम मुल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्युनतम मुल्य १०० कित्ताभन्दा बढी अधिकतम १० ले भाग जाने संख्यामा आबेदन दिनुपर्ने छ भने बोलपत्र पेस गर्न अन्तिम दिन चैत ९ गते तोकिएको छ ।


