images
images

४९ खर्ब नाघ्यो बैंकहरुको निक्षेप, एकैदिन ८ अर्बले बढ्दा सीडी रेसियो कति ?


  • 602
    SHARES
  • २०७८ चैत्र २ गते बुधबार

    ४९ खर्ब नाघ्यो बैंकहरुको निक्षेप, एकैदिन ८ अर्बले बढ्दा सीडी रेसियो कति ?

    काठमाडौं । बैंकहरुको कुल निक्षेप ४९ खर्ब १ अर्ब रुपैयाँमा पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन ३० गते सो परिणाममा निक्षेप बढेको हो । 

    फागुन २९ मा ४८ खर्ब ९३ अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते एकैदिन ८ अर्ब रुपैयाँले बढेर ४९ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । २९ गते ३४ खर्ब २८ अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते ५ अर्बले बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । 

    राट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरुको पनि निक्षेप ३ अर्ब रुपैयाँले बढेको छ । फागुन २९ गते ५ खर्ब ६५ अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते ३ अर्ब रुपैयाँले बढेर ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो । 

    फागुन ३० मा बैंकहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँले घटेको छ । २९ गते ४६ खर्ब ९८ अर्ब रुपैयाँ लगानी भएको कर्जा लगानी ३० गते २ अर्बले घटेर ४६ खर्ब ९६ अर्ब रुपैयाँमा सिमित भएको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ । फागुन ३० गते वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । 

    तर अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ३० गते १ अर्ब रुपैयाँले बढेको छ । फागुन ३० मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ५ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ । 

    फागुन ३० गते बैंकहरुको औसत सीडी रेसियो केही घटेको छ । २९ गते ९०.५६ प्रतिशत रहेको औसत सीडी रेसियो ३० मा घटेर ९०.४७ प्रतिशमा झरेको छ । अन्तरबैंक ब्याजदर  ६.९९ प्रतिशत रहेको छ।


    images

    Logo