images
images

११ अर्ब ८३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 529
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    ११ अर्ब ८३ करोडको ट्रेजरी बिल  बिक्री  गर्दै राष्ट्र बैंक

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री  गर्ने भएको छ । सोमबार बैंकले ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री  गर्ने भएको हो । 

    बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन गरि ३ किसिमको जरी बिल बिक्री गर्ने लागेको हो । ९१ दिन अवधिको लागि ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने १८२ दिन अविधिको लागि ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ । त्यस्तै, ३६४ दि अवधिको लागि २ अर्ब रुपैयाँ गरी जम्मा ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

    उक्त बिलहरुमध्ये ९१ दिन अवधिको बिल आगामी २०७९ असार ७ गते परिपक्क हुनेछ । भने १८२ दिन अवधिको आगामी असोज ४ गते र ३६४ दिन अवधिको आगामी चैत ७ गते परिपक्क हुनेछ । 


    images

    Logo