images
images

निषेधाज्ञामा ठेक्का खुलाइएको भन्दै सरकारसँग निर्माण व्यवसायी आक्रोशित


  • 823
    SHARES
  • २०७८ जेठ ६ गते बिहीबार

    निषेधाज्ञामा ठेक्का खुलाइएको भन्दै सरकारसँग निर्माण व्यवसायी आक्रोशित

    काठमाडौं । निषेधाज्ञाको समयमा धमाधम ठेक्का प्रक्रिया अघि बढ्न थालेपछि नेपाल निर्माण व्यवसायी महासंघ आक्रोशित भएको छ । महासंघले बिहीबार विज्ञप्ती जारी गर्दै महामारीको विषम परिस्थितिमा समेत ठेक्का आह्वान गर्दै निर्माण व्यवसायीलाई काममा सहभागी गराउन खोजेके भन्दै आपत्ति जनाएको हो । 
    महासंघका महासचिव रोशन दाहालद्वारा जारी गरेको उक्त विज्ञप्तीमा यस्तो कार्य मानव अधिकार र मानवीय संवेदनशीलतासमेतको ठाडो उल्लंघन भएको समेत उल्लेख गरिएको छ । त्यस्तै, महामारीबीच समेत निर्माण व्यवसायीको ठेम्मा अवधि थप नगर्ने कार्यप्रति समेत महासंघले आपत्ति जनाएको छ ।


    images

    Logo