काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड निक्षेप बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा समेत गरी सो परिमाणमा मुद्दती खातामा लगानी गर्न लागेको हो ।
जसअनुसार वाणिज्य बैंकमा १ अर्ब ५४ करोड, विकास बैंकमा २८ करोड ९८ लाख र फाइनान्स कम्पनीमा ९ करोड ६६ लाख रुपैयाँ निक्षेप राखिनेछ । निक्षेपको अवधि ३ सय ६५ दिनको हुनेछ । २०७९ बैशाख २ गतेदेखि लागु हुनेगरी निक्षेप प्रारम्भ हुने जनाइएको छ ।
निक्षेप संकलन लागि बैंकहरुलाई चैत १७ गते राति १२ बजेसम्मको समय दिइएको छ ।


