काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत ९ गते बैंकहरुको निक्षेप सो परिणाममा घटेको हो ।
राष्ट्र बैंकका अनुसार चैत ८ गते बैंकहरुको निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेका निक्षेप चैत ९ गते एकैदिन १३ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ८२ खर्ब रुपैयाँमा सिमित भएको छ । त्यस्तै, चैत ९ गते वाणिज्य बैंकहरुको निक्षेप पनि १४ अर्ब रुपैयाँले घटेको छ । ८ गते ४३ खर्ब २७ अर्ब रुपैयाँ रहेको निइोप चैत ९ मा १४ अर्बले घटेर ४३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ ।
वाणिज्य बैंकको निक्षेप १४ अर्ब रुपैयाँले घट्दा अन्य बैंक तथा वित्तीय संस्थाहरुको भने चैत ९ गते १ अर्ब रुपैयाँले निक्षेप बढेको छ । चैत ८ मा ५ खर्ब ६८ अर्ब रुपैयाँ रहेको निक्षेप ९ मा १ अर्ब रुपैयाँले बढेर ५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।
यसरी बैंकहरुको निक्षेप ओरालो लागिरहँदा बैंकहरुले कर्जा लगानीलाई ठप्पै पारेका छन् । चैत ९ गते बैंकहरुको कर्जा लगानी स्थिर रहेको छ । ९ गते बैंकहरुको कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ ।
यस्तै, चैत ९ गते बैंकहरुको औसत सीडी रेसियो पनि बढेको छ । ८ गते ९०.७३ प्रतिशत रहेको थियो ९ गते सीडी रेसियो बढेर ९०.९६ प्रतिशतमा पुगेको छ । तैत ९ गते बैंकहरुको अन्तरबैंक व्याजदर ६.९९ प्रतिशत रहेको छ ।


