images
images

२ लघुवित्तको ७ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रि गर्दै बीओके


  • 649
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    २ लघुवित्तको ७ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रि गर्दै बीओके

    काठमाडौं । बैंक अफ काठमाण्डौले (बीओके) २ लघुवित्तको ७ लाख ५५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बीओके बैंकको स्वामित्वमा रहेको छिमेक लघुवित्तको ६ लाख ६ हजार कित्ता संस्थापक शेयर र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार कित्ता शेयर बैंकले विक्रीमा राखेको हो ।  

    बैंकले यी दुवै कम्पनीको संस्थापक शेयर फागुन ५ गतेदेखि चैत ९ गतेसम्म बोलपत्र आह्वान खुल्ला गरिएकोमा विद्यमान संस्थापकहरु बाट कुनै आवेदन नपरेकाले इच्छुक विद्यमान संस्थापक, शेयरधनी तथा उक्त शेयर किन्न योग्य अन्य व्यक्तीहरुले २०७९ वैशाख १८ गते भित्र आवेदन दिइसक्नु पर्नेछ ।

    विक्रीमा रहेको छिमेक लघुवित्तको ६ लाख ६ हजार कित्ता शेयर खरिद गर्न चाहनेले न्युनतम २ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ साथै उक्त शेयरको अंकित मूल्य ६ सय रुपैयाँ कायम गरि आवेदन दिनु पर्नेछ ।

    त्यस्तै आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार कित्ता शेयरमा न्युनतम मुल्य ५ सय ४० तोकिएको छ । सो कम्पनीको शेयरमा पनि न्युनतम २ हजार कितको लागि आवेदन दिनु पर्नेछ । 

    उक्त संस्थापक शेयर विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ । 


    images

    Logo