काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बैंकले २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ वैशाख १३ गते परिपक्क हुनेछ । यसैगरी बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ असार १४ गते परिपक्क हुनेछ । त्यस्तै बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल २०७९ असोज ११ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ चैत १४ गते परिपक्क हुनेछन् । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


