images
images

३२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 574
    SHARES
  • २०७८ चैत्र २० गते आइतबार

    ३२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न भएको छ । सोमबार बैंकले ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

    राष्ट्र बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ बैशाख २० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ असार २१ गते परिपक्क हुनेछ । त्यसैगरी बैंकले १ सय ८२ दिनको लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ ।  यो ट्रेजरी बिल २०७९ असोज १८ गते परिपक्क हुनेछ । 

    त्यस्तै, राष्ट्र बैंकले ३ सय ६४ दिनको लागि ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ चैत २१ गते परिपक्क हुनेछ । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images

    Logo