काठमाडौं । बैंकहरुमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार चैत २० गते सो परिणाममा निक्षेप बढेको हो । चैत १९ गते बैंकहरुको निक्षेप ४८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको सो निक्षेप २० गते एकैदिन १४ अर्ब रुपैयाँले बढेर ४९ खर्ब १२ अर्ब रुपैयाँमा पुगेको हो ।
त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको छ । चैत १९ मा वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब २९ अर्ब रहेकोमा सो निक्षेप चैत २० गते एकैदिन १४ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकको निक्षेप १४ अर्बले बढ्दा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेपमा भने कुनै घटबढ भएको छैन । चैत २० मा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरुको १४ अर्बले निक्षेप बढ्दा बैकहरुको कर्जा लगानीमा भने १ अर्ब रुपैयाँले कमी आएको छ । चैत १९ गते ४७ खर्ब १ अर्ब रहेकोमा २० गते १ अर्ब रुपैयाँले घटेर ४७ अर्ब रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ । १९ गते वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो सो रकम २० गते २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७० अर्ब रुपैयाँमा सिमित भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी चैत २० मा स्थिर रहेको छ । २० गते अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ ।
चैत २० मा बैंकहरुको सीडी रेसियो बढेको छ । १९ गते ९०.८४ प्रतिशत रहेको सीडी रेसियो २० मा बढेर ९०.५९ प्रतिशतमा पुगेको छ ।


