काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न भएको छ । सोमबार बैंकले १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार ९१ दिन अवधिका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिन अवधिको लागि २ अर्ब २५ करोड र ३६४ दिनअवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । त्यसमध्ये ३६४ दिन अवधिको भएको ५ अर्ब रुपैयाँ बराबरको बिल नयाँ रहेको छ ।
९१ दिन अवधिको बिल आगामी असार २८ गते परिपक्व हुनेछ । १८२ दिन अवधिको बिल आगामी असोज २५ गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको आगामी चैत २८ गते परिपक्व हुनेछ ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


