काठमाडौं । ७ महिनामै विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा १७ प्रतिशतले घटेको छ । असार मसान्तमा सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तमा १७ प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको हो ।
कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा.११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ छ । राष्ट्र बैंकको सञ्चिति ७ महिनामा १७.७ प्रतिशतले घटेको हो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी मुद्रा सञ्चिति माघ मसान्तसम्म १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ । सात महिनामा बैंकको विदेशी मुद्रा सञ्चितिमा ३.९ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात रहेको छ ।


