चरीकोट । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउन लागिएको छ ।
मुख्य पाइप (पेनस्टक पाइप) सँग जडान गरिएका दुईवटा मर्मती–ढक्कनबाट पानी रसाएकामा त्यसलाई मर्मत ग रेपछि यी संरचनामा प्राविधिक परीक्षणका लागि पुनः पानी पठाउन लागिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ३७३ मिटर अग्लो तल्लो पेनस्टक, ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र सो त्यसको साँघुरो पाइपलाई तल्लो मुख्य पाइपको साँघुरो पाइपसँग जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको प रीक्षण गर्ने क्रममा यसमा जडान ग िरएको मर्मती–ढक्कनमा पानी रसाएको थियो । त्यसको मर्मत गत वैशाख २९ गतेदेखि सुरु गरिएको थियो ।
मर्मतपछि अब यी संरचनामा पुनः पानी पठाउन लागिएको हो । परीक्षणका लागि पहिला पठाएको पानी पूर्ण रूपमा सुकाए र मर्मत गर्दा २८ दिन लागेको जानका री दिँदै प्रवक्ता डा. न्यौपानेले भने, “अब पानीको गति बढाए र प्राविधिक परीक्षण गरिन लागिएको हो । आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएका ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।”
यिनमा थोरै पनि कमजोरी हुन नहुने भएकाले मुख्य पाइपमा पानी भरी प्राविधिक परीक्षणकै क्रममा मर्मती–ढक्कनमा समस्या देखिएको थियो । अब मर्मत गरिएको छ । आयोजना चाँडो सक्न तीव्र दबाब भएका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुणस्तर नपुगेकाले अहिले पेनस्टक पाइपकै भागमा समस्या देखिएको आयोजनाका प्राविधिकहरूको निष्कर्ष रहेको छ ।


