images
images

बैंकर्स संघले भन्यो, ‘शेयर बजारमा एनआरएनलाई भित्र्याऊ’


  • 851
    SHARES
  • २०७८ बैशाख ९ गते बिहीबार

    बैंकर्स संघले भन्यो, ‘शेयर बजारमा एनआरएनलाई भित्र्याऊ’

    काठमाडौं । नेपाल बैंकर्स संघले शेयर बजारमा गैर आवासीय नेपालीलाई नेपाली पुँजीबजारमा भित्र्याउने व्यवस्था गर्न माग गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सुझाव पेश गर्दै संले सरकारसँग यस्तो माग गरेको हो । 

    संघले बिहीबार बुझाएको १६ बुँदे सुझावको तेस्रो नम्बरमा भनिएको छ, ‘गैर आवासीय नेपालीहरुसँग भएको पुँजी पुँजी बजारमार्फत् प्रवद्र्धन गर्न विशेष प्याकेजको व्यवस्था गर्नु उपयुक्त हुने ।’ 

    शेयर बजारमा गैर आवासीय नेपालीलाई भित्र्याउन बजारमा लगानीकर्ताहरुले यसअघि नै माग गरिरहेका छन् । बैंकर्स संघले यसमा यसअघि नै सहमति जनाएको भए पनि आफ्ना आधिकारिक सुझावमा पहिलो पटक यो विषय समेटेको हो । 


    images
    images

    Logo