काठमाडौं । बेष्ट फाइनान्सले साधारणसभा बोलाएको छ । फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैशाख ३१ गतेका लागि २४ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सो दिन संस्थाको कमलादीस्थित केन्द्रीय कार्यालयमा साधारणसभा हुनेछ । सो साधारणसभामा अघिल्लो वर्षको वित्तीय तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीको तर्फबाट एकजना महिला सञ्चालकको निर्वाचन गर्ने लगायत रहेको छ ।
संस्थाले मर्जर तथा प्राप्तिका लागि समेत सम्झौता गर्न साधारणसभाबाट सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत गर्नेछ ।
समस्याग्रस्तबाट मुक्त भएको जनरल फाइनान्सको नाम परिवर्तन गरी बनेको बेष्ट फाइनान्सले सिनर्जी फाइनान्ससँग मर्जर गरिसकेको छ । अहिले यो फाइनान्स आफ्नो निष्क्रिय कर्जा कम गर्ने अभियानमा लागेको छ ।


